×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: शुल्क विवादमा पक्राउ परेका मोर्गन इन्टरनेसनल कलेजका विद्यार्थी धरौटीमा छुटे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अन्तत: शुल्क विवादमा पक्राउ परेका मोर्गन इन्टरनेसनल कलेजका विद्यार्थी धरौटीमा छुटे

Artha Sarokar

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अन्तत: मोर्गन इन्टरनेसनल कलेज बसुन्धाराका विद्यार्थीहरु धरौटीमा रिहा भएका छन् । विद्यालय शुल्कको विवादमा पक्राउ परेका ३ जना विद्यार्थीहरु जनही चार हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीले कक्षा १२ को परीक्षा दिने ३ नै जनालाई जनही चार हजार रुपैयाँ धरौटीमा छाडिएको जानकारी दिए । 
मोर्गन कलेजले विद्यार्थीले अभद्र व्यवहार गरेको दाबीसहित प्रहरीमा उजुरी दिएको थियो । सोहि अनुसार उनीहरु पक्राउ परेका थिए । यता कक्षा १२ को परीक्षा भोलि (मंगलबार) बिहानबाट सुरू हुँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी