- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माउण्टेन इनर्जी नेपालको १९ लाख ६८ हजार २७ कित्ता आइपिओ आज (बुधबार, कात्तिक २६ गते)देखि खुल्ला भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले जारी गरेको आइपिओमध्ये ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ता आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् । यस आइपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् । त्यस अवधिमा सबै सेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ ।
क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्