×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउण्टेन इनर्जीको १९ लाख ६८ हजार २७ कित्ता आईपिओ कात्तिक २६ गतेदेखि आउँदै, बिक्री प्रबन्धकमा नबिल र सीबीआईएल !

अर्थ सरोकार

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार

PRIME CA

माउण्टेन इनर्जीको १९ लाख ६८ हजार २७ कित्ता आईपिओ कात्तिक २६ गतेदेखि आउँदै, बिक्री प्रबन्धकमा नबिल र सीबीआईएल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। माउण्टेन इनर्जी नेपालको १९ लाख ६८ हजार २७ कित्ता आइपिओ कात्तिक २६ गतेदेखि जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । 
कम्पनीले जारी गर्ने आइपिओमध्ये २% अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । भने बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 
यस आइपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् । त्यस अवधिमा सबै सेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ । सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि यसले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो । यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: