×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीको मल्कवाङमा निर्माणधीन स्वास्थ्यचौकीको भवन अलपत्र, स्वास्थ्य सेवा प्रभावित

PRIME CA

म्याग्दीको मल्कवाङमा निर्माणधीन स्वास्थ्यचौकीको भवन अलपत्र, स्वास्थ्य सेवा प्रभावित

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका –५ मा अवस्थित दुर्गमबस्ती मल्कवाङमा निर्माणधीन स्वास्थ्यचौकी भवन अलपत्र परेको छ । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरवाहीका कारण भवन अलपत्र परेको जनाइएको छ । भवन अलपत्र पर्दा मल्लकवाङवासीले पुरानो जीर्ण भवनबाट स्वास्थ्यसेवा लिनुपर्ने बाध्यता रहेको स्थानीय युवा अमर छन्त्यालले बताए । अठार महिनामा सम्पन्न गर्ने लक्ष्यसहित दुई तले १४ कोठे भवनमा बिरामीको उपचारका लागि श्यया, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालीम हलका लागि छुट्टाछुट्टै कक्ष रहने गरी ठेक्का सम्झौता भएको थियो । 
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट भवन निर्माण गर्न प्रतिस्पर्धामार्फत वोल्ड वाइड मालीका भगवती जेभिले तीन वर्ष अघि रु एक करोड ७४ लाखमा ठेक्का सम्झौता गरेको थियो । पहिलो तला ढलान गरेपछि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर आएको छैन ।
मौखिक रुपमा पटक–पटक ताकेता गरिएको भए पनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचना समेत जीर्ण र पुरानो हुँदै गएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताइन् । यता निर्माण कम्पनीका प्रतिनिधि गोपाल भट्टचनले कोरोना महामारीका कारण मजदूर बाहिरबाट लैजान समस्या भएकाले निर्माणलाई अघि बढाउन समस्या भएको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: