Skip to content
LAXMI SUNRISE BANK

नागढुंगामा बिल तथा कागजात नभएको ९४ थान मोबाइल बरामद

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौँ । नागढुंगास्थित चेक प्वाइन्टबाट बिल तथा कागजात नभएको मोबाइल बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले काठमाडौं चन्द्रागिरि २ नागढुंगास्थित चेक प्वाइन्टबाट छुट्टाछुट्टै चेक गर्ने क्रममा ९४ थान मोबाइल बरामद गरेको हो।
चितवनबाट काठमाडौं आएको बा ३ ख ३१०६ नम्बरको यात्रुवाहक हाइस रोकेर खानतलासी गर्दा छतमा कार्टुन बाकसभित्र बिल नभएको ५६ थान मोबाइल फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए। ८ ए डियुल मोबाइल ६ वटा, रेडमी २३ वटा, नोट ९ मोबाइल ४ वटा, रियल मी २२ वटालगायत गरी कुल ५६ वटा मोबाइल बरामद गरिएको हो।
उक्त बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको थानकोट प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरी टोलीले ना ५ ख २२८७ नम्बरको नेपालगञ्जबाट काठमाडौंतर्फ आउने यात्रुवाहक बस चेक गर्ने क्रममा लुकाइछिपाइ ल्याउँदै गरेको विभिन्न कम्पनीका ३८ थान मोबाइल बिना बिल तथा कागजात फेला पारेको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त मोबाइल जिल्ला काठमाडौं नागार्जुन ३ बस्ने २८ वर्षीय आशिक श्रेष्ठले खरिद गरेको पाइएको प्रहरी जनाएको छ । श्रेष्ठलाई काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भूबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ती मोबाइलको बजार मूल्य अन्दाजी ३ लाख ५० हजार रहेको बताइएको छ।
बरामद मोबाइल तथा पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कारबाही गर्न भन्सार कार्यालय सानो गौचर, काठमाडौं पठाइएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK