×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा ७० लाख जरिवाना तोकिएका एक अभियुक्त पक्राउ, पक्राउ पर्नेमा वीरगञ्जका नारायणप्रसाद रौनियार !

अर्थ सरोकार

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार

PRIME CA

बैंकिङ कसुरमा ७० लाख जरिवाना तोकिएका एक अभियुक्त पक्राउ, पक्राउ पर्नेमा वीरगञ्जका नारायणप्रसाद रौनियार !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरीले बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले वीरगञ्ज महानगरपालिका–६ माइस्थानका ५८ वर्षिय सत्य नारायणप्रसाद रौनियारलाई बुधबार काठमाडौं रातोपुलबाट पक्राउ गरेको हो । 
 
उनीविरुद्ध मन्दिपकुमार थापा र सन्तोषकुमार चौधरीले बैंकिङ कसुरका दुईवटा छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए । सो मुद्दामा उच्च अदालत पाटनले २०७५ चैत १० र २०७६ फागुन २७ गते ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उच्च अदालतको उक्त फैसलापछि उनी फरार रहेका थिए । रौनियारले आफ्नो खातामा रकम नभएको थाहा हुँदाहुँदै सापटी लिएको रकम फिर्ता दिने भन्दै रकम नभएको खाताको चेक काटेर थापा र चौधरीलाई दिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: