×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सर्वसाधारणहरुका लागि खुल्यो पुर्वराजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’, ९ तस्विरमा हेर्नुहोस् निवासको माहोल ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले औपचारिक रुपमा सुरुवात गरेसँगै गत आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला भएको हो । श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । 
यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ । २०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार संग्राहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो । बाँकी फोटोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: