
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई २०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरेलगत्तै नेप्से सेयर कारोबार रोक्का भएको थियो । राष्ट्र बैंकले २०७७ साउन ८ गतेदेखि बैंकलाई समस्याग्रस्तबाट सशर्त फुकुवा गरेको थियो ।
राष्ट्र बैंकले समस्याग्रस्त सुचीबाट हटाएसंगै बैंकले हकप्रद निष्काशन माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । बैंकले १ः१ अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यता नेप्सेले बैंकको चुक्ता पूँजीको ५०% बोनस सेयर समायोजनपछि प्रतिकित्ता २९० रुपैयाँमा ओपन रेञ्ज पनि तोकेको छ । बैंकको २ लाख १८ हजार ७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्