×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नारायणकाजीको प्रस्ताव- ‘काँग्रेससँग मिलेर नयाँ सरकार बनाऔँ, ओली सरकार ढालौं’ बादलको गम्भीर असहमति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आइतबार विहान खुमलटारमा प्रचण्डले आफु निकटहरुलाई छलफलमा बोलाएका थिए । नेकपा फुटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र पुष्पकमल दाहाल प्रचण्डलाई एकल अध्यक्ष बनाउने विषयमा गम्भीर छलफल भएको उक्त भेलामा सुरुमा प्रचण्डले पार्टी फुटाउने धम्की प्रधानमन्त्री ओलीबाट आएको ब्रिफिङ गरेका थिए । 
छलफलमा सहभागी एक सचिवालय सदस्यका अनुसार नेकपा सचिवालयका ६ जना सदस्य उपस्थित भएको छलफलमा प्रचण्डले आफु निकटका नेताहरुसँग ब्रिफिङ गरेका थिए । माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेतालाई साक्षी राखेर यस्तो तयारी भएको हो ।
प्रचण्डको ब्रफिङ लगत्तै प्रवक्ता समेत रहेका रायणकाजी श्रेष्ठले कांग्रेससँग मिलेर संसदको विशेष अधिवेशन डाकेर नयाँ सरकार निर्माणको गरौँ भन्ने प्रस्ताव गरे । उनले अब कांग्रेससँग मिलेर २५ प्रतिशत संसद्को हस्ताक्षर गर्ने र संसद्को विशेष अधिवेशन आव्हान गरी सरकार ढाल्ने प्रस्ताव गरेका थिए । वादल यी विषयमा आफ्नो गम्भीर असहमति राखेर सरकार ढाल्ने पक्षमा आफु नरहेको भन्दै बाहिरिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: