×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति भण्डारीले बिहीबार नेपाली सेनाको मानार्थ महारथीको पदबी प्रदान गर्ने ! (भिडियो)

PRIME CA

भारतीय सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति भण्डारीले बिहीबार नेपाली सेनाको मानार्थ महारथीको पदबी प्रदान गर्ने ! (भिडियो)

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुग्नुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे बुधबार नेपाल आइपुग्नु भएको हो । नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि काठमाडौं आइपुग्नु भएको हो । नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ । 
बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नेपाली सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदबी प्रदान गर्नु हुनेछ । मानार्थ महारथीको पदवी ग्रहण गरेपछि नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 
सोहीदिन नै प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत नरवणेले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक भेटवार्ता गर्नु हुने कार्यक्रमसमेत रहेको छ । नरवणे कात्तिक २१ गतेसम्म नेपाल रहनु हुनेछ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: