×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकका अध्यक्षले गरे लाजमर्दो हर्कत, कानुन मिचेर मनपरी…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसीसी बैंकका अध्यक्षले गरे लाजमर्दो हर्कत, कानुन मिचेर मनपरी…’

Artha Sarokar

७ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमका दौरान महासंघको विधान विपरित उम्मेदवार तथा सदस्य संस्था थप गरिएको भेटिएको छ । महासंघ निर्वाचन समितिले बर्दिबास उद्योग वाणिज्य संघलाई मतदान अधिकार दिएको, मकवानपुरका पुर्व अध्यक्षलाई रामेछापबाट प्रतिनिधित्व गराई बागमति प्रदेशकातर्फबाट कार्यकारिणी सदस्यमा उम्मेदवार स्वीकृत गरेको र औषधी उत्पादक संघबाट २ जनाले दिएको उम्मेदवारी स्वीकृत गरेको भेटिएको हो । 
महासंघको साधारण सभामा बर्दिवास उद्योग वाणिज्य संघले पहिलो पटक सहभागिता जनाउँदैछ । महासंघको नियमावलीले नयाँ सदस्यलाई एक पटक महासंघको साधारण सभामा सहभागि भए पछि अर्को पटकदेखि मात्र निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । नियमावलीको दफा १० (७) मा ‘कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्न र उम्मेदवार खडा गर्न चाहने सदस्यले कमसेकम अगाडीको कुनै एउटा वार्षिक साधारण सभामा भाग लिइसकेको हुनु पर्दछ’ भन्ने व्यवस्था गरिएको छ । 

तर, बर्दिवासलाई महासंघका प्रमुख निर्वाचन आयुक्त एवं एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एकल निर्णयमा बर्दिवास उद्योग वाणिज्य संघलाई मतदान गर्ने अधिकार दिएका छन् । उनले अरु पनि नयाँ संस्थालाई जसरी मतदान प्रकृयामा सहभागि हुन नदिनु पर्ने भए पनि आर्थिक चलखेलमा यस्तो गरेको बुझिएको छ । बर्दिवाससँगै बिर्तामोड, कन्काई, पथरी, अत्तरिया लगायतका उद्योग वाणिज्य संघ पनि पहिलो पटक महासंघको साधारण सभामा सहभागि हुँदै छन् । तर बर्दिवासलाई अवैधानिक रुपमा न्यौपानेले मतदान अधिकार दिएका हुन् ।
त्यसै गरी महासंघ निर्वाचन समितिका प्रमुख न्यौपानेले विधान विपरित रामेछाप उद्योग वाणिज्य संघका तर्फबाट बागमती प्रदेशको केन्द्रिय सदस्यमा राजकुमार न्यौपानेको उम्मेदवारीलाई पनि स्वीकृत गरेका छन् । यस सम्बन्धमा दाबी बिरोध पेश गर्दा समेत उक्त बिरोधलाई प्रमुख निर्वाचन आयुक्त न्यौपानेले सम्बोधन नगरी एकलौटी निर्णय गर्दै उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका हुन् । उक्त नामावलीमा निर्वाचन समितिका सदस्य रमण कुमार कर्णले फरक मत अर्थात ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । 

‘मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका राजकुमार न्यौपानेलाई सम्बन्धित जिल्लाबाट पुरा गरेर आउनु पर्ने मापदण्ड विपरित कसरी रामेछाप उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गराइयो ?’ अर्का एक उम्मेदवारले निर्वाचन समितिको कार्यशैलीप्रति प्रश्न गरे । महासंघको विधानको दफा ४६ को उपदफा ३ को (क) (ऊ) मा ‘कार्यकारिणी समितिमा सदस्य हुनका लागि सदस्य संघबाट आफुले प्रतिनिधित्व गर्ने संघको पदाधिकारी भई एक कार्यकाल पुरा गरेका’े हुनु पर्ने उल्लेख छ । 
‘मकवानपुरका पुर्व अध्यक्ष राजकुमार न्यौपानेले रामेछापमा कहिले कुन कार्यकाल पुरा गरे र निर्वाचन समितिले विधानमा भएको व्यवस्था विपरित उनको उम्मेदवारीलाई स्वीकृत गर्यो ?’ ती उम्मेदवारले प्रश्न गरे । ‘उपेन्द्रजीको नातेदार भएका कारण राजकुमार जी को मनोनयन उपर कुनै कार्वाही नगरिएको हो’ उनले भने ।
विधानमा भएको व्यवस्थालाई पाखा लगाउँदै निर्वाचन समितिले न्यौपानेको उम्मेदवारीलाई स्वीकृत गर्नुले आर्थिक चलखेल भएको आशंका पनि उनले गरेका छन् । महासंघ निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त उपेन्द्र केशरी न्यौपाने नेपाल क्रेडिट एण्ड कमर्श बैंकका अध्यक्ष समेत हुन् । आफैं मतदाता रहेका न्यौपानेलाई प्रमुख निर्वाचन आयुक्त बनाइएकोमा पनि उनले बिरोध जनाएका छन् । ‘कार्यतालिका अनुसार एउटा पक्षले राखेका बिचार र दाबी बिरोधलाई सुन्दै नसुन्ने अनि अर्को पक्षका अवैध उम्मेदवार र मतदाता स्वीकृत गर्ने काम उपेन्द्रकेशरी न्यौपानेबाट भईरहेको छ । यसमा आर्थिक चलखेल भएको छ,’ उनले भने, ‘यदि न्यौपानेले गरेको निर्णय सही हुन्थ्यो भने निर्वाचन समितिका सदस्य रकमण कुमार कर्णले किन फरक मत राख्नु भयो ?’ 

निर्वाचन समितिका सदस्य रमण कुमार कर्णले उम्मेदवारको नामावलीको सूची सार्वजनिक गर्ने क्रममा नेपाल औषधी उत्पादक संघबाट २ जनाको उम्मेदवारी परेको भन्दै नाट अफ डिसेन्ट लेखेका छन् । वस्तुगत तर्फका उपाध्यक्षका प्रत्यासी उमेश लाल श्रेष्ठ र सदस्यका प्रत्यासी दिपकप्रसाद दाहाल औषधी उत्पादक संघबाट मनोनयन भएको भन्दै निर्वाचन समिति सदस्य कर्णले फरक मत राखेका हुन् ।
यसरी एउटा प्यानलको पक्षपोष र अर्को प्यानलको कुरालाई पाखा लगाएर महासंघका प्रमुख निर्वाचन अधिकृत न्यौपानेले महासंघको गरिमालाई कमजोर बनाउने काम गरेका छन् । यस सम्बन्धमा महासंघको वर्तमान नेतृत्वले चासो देखाउनु पर्ने अवस्था आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी