×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेको इन्स्योरेन्सको नाफामा ६५.२१% को छलाङ, अन्य सूचकहरु पनि उत्साहजनक ! ( विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले १२ करोड ४४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६५.२१% ले धेरै हो । कम्पनीले अघिल्लो वर्षको यसैअवधिमा  ७ करोड ५३ लाख ३२ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क ३०.६३% ले बढेर ४३ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको भने बिमा कोष ३८.५७% ले बढेर ८९ करोड ३९ लाख २३ हजार रुपैयाँ पुगेको छ । जसकारण नाफामा सकारात्मक प्रभाव परेको छ । 
चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५८ करोड ४ लाख ८ हजार रुपैयाँ छ । यो अवधिसम्म आउँदा कम्पनीले  कुल २० करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छभएन भुक्तानी हुन बाँकी रकम ६६ करोड ६६ लाख रुपैयाँ छ । 
यस्तै प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ४० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: