- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली दूतावासको डेपुटी चिफ मिसन (डीसीएम) मा मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीलाई पठाइने भएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासको डेपुटी चिफ मिसन (डीसीएम) मा न्त्रालयका सहसचिव रामप्रसाद सुवेदीलाई पठाउने निर्णय गरेको हो ।
सुवेदीले अब एक हप्तामा नै आफ्नो कार्यभार सम्हाल्ने बताइएको छ । डीसीएम भरत रेग्मी केही समयअघि फर्केपछि सो पद खाली थियो ।