×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओलीको यस्तो धम्कीपछी पछी हटे प्रचण्ड र माधव नेपाल, फुटको खड्को टरेकै हो? ओलीको राजिनामा कहिले ?

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई प्रचण्डले एक कदम चाले आफुले १० कदम अगाडी बढेर जे पनि गर्न सक्ने धम्की दिएपछि तत्कालका लागि नेकपा विवादले नयाँ मोड लिएको छ । उनको यस्तो धम्की आएपछि प्रचण्ड र माधव नेपाल एक कदम पछी हटेका छन् भने ओली र प्रचण्ड दुवै पक्षले फुटपछी सम्भावित विमर्शसमेत थालेका छन् । ओलीले जे गरेपनि पार्टी फुटाउने धम्कीमात्र दिन थालेपछि अव के गर्ने ? भन्ने विषयमा प्रचण्ड समूहका नेताहरु ठुलै छलफलमा लागेका छन् । नेकपाका बरिष्ट नेता माधव नेपाल, बामदेव गौतमदेखि झलनाथ खनालसम्मका नेताहरु प्रचण्डका पक्षमा देखिएका छन् । तर तत्काल प्रधानमन्त्री ओलीले नै भनेको चल्ने हुनाले उनीहरु एक कदम पछी हटेका हुन् ।
फुटको खड्को टरेकै हो त ?
होइन । ढिलो चांडो अव नेकपा फुट्छ भन्ने कुरामा दुईमत रहेन । प्रधानमन्त्री ओली पदमा रहुन्जेल बस्ने र नरहने स्थिति आउनेबित्तिकै पार्टी फुटाउने योजनामा रहेको प्रचण्ड समूहका नेताहरुको आरोप छ भने प्रचण्डले प्रधानमन्त्री हुन नपाएपछि अनेक बखेडा झिकेको ओली समूहको आरोप छ । कर्णाली मन्त्रिपरिषद् पुनर्गठनमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल एक कदम पछाडि हटेका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओलीनिकट दुई मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठनको तयारीलाई अन्तिम रुप दिइरहेका बेला प्रधानमन्त्री ओलीले जवाफी कदम चाल्ने धम्की दिएपछि प्रचण्ड समूह एक कदम पछी हटेको थियो । फुटको तत्कालको खड्को भने टरेको छ ।
ओलीको राजिनामा कहिले ?
ओलीले अव आफ्नो पदबाट भने कुनै हालतमा राजिनामा दिनुपर्ने स्थिति आएको छ । सबै नेता एकातिर र आफु अर्कोतिर भएपछी अन्य नेताले उनको राजिनामा नै सहमतिको पहिलो सर्त मान्न थालेपछि अव ओलीको राजिनामा भने आउने निश्चितप्राय भएको हो । यद्यपी ओलीले भने तिहारपछी यस विषयमा गम्भीर भएर सोच्ने र अहिले भने पार्टीभित्रको किचलोलाई मिलाउने प्रयासमै लागेको ओली निकट नेताहरुको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: