Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित : घट्यो नाफा, यस्तो छ कारण ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकले नाफा ५.३९% ले घटेर ५५ करोड ४ लाख १९ हजार रुपैयाँमा सिमित भएको वित्तीय विवरण प्रकाशित गरेको हो । 
यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ११.५४% र सञ्चालन नाफा २७.५९% ले बढेको छ । यी सूचक बढेपनि बैंकले तिर्न बाँकी कर रकम बढेका कारण खुद नाफामा संकुचन आएको देखिन्छ । बैंकको कस्ट अफ फन्ड पनि घटेको छ ।
 
बैंकको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ४९ पैसा छ र प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७२ पैसाबाट घटेर १९ रुपैयाँ ५१ पैसामा सीमित भएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । ११ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK