×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ता र सञ्चालकबीच विवाद हुँदा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको ३ वर्षपछि बसेको १४औं साधारणसभा स्थगित !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

लगानीकर्ता र सञ्चालकबीच विवाद हुँदा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको ३ वर्षपछि बसेको १४औं साधारणसभा स्थगित !

  • अर्थ सरोकार सम्बाददाता 

बुटवल । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड (एनएचइ) को १४औं साधारणसभा स्थगित भएको छ । बुटवलस्थित नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड (एनएचइ) का लगानीकर्ता तथा सञ्चालकबीचको विवादका कारण ३ वर्षपछि आइतबार आयोजित १४औं साधारणसभा स्थगित भएको हो । कम्पनीको आर्थिक वर्ष २०७४/७५ को १४औं साधारणसभा कात्तिक १६ गते बुटवलमा आयोजना गरिएको थियो ।
यसअघि कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता मध्येको बुटवल पावर कम्पनीले एनएचइका सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कम्पनी सचिवसमेत लाई विपक्षी बनाइ २०७५ भदौ २० गते अदालतमा मुद्दा दायर गरेकाले विगत ३ आर्थिक वर्षदेखि यसको साधारण सभा हुन सकेको थिएन । 
उक्त उजुरीपत्र तथा मुद्दा दायर गर्ने पक्षले आफ्नो माग दाबी छाडेर दुवै पक्षबीच २०७६ पुस १६ गते मिलापत्र भएको थियो । त्यसपछि कम्पनीको आन्तरिक लेखापरीक्षण भएको थियो । असोज १२ गतेको सञ्चालक समितिको बैठकले कात्तिक १६ गते चौधौ साधारणसभा गर्ने निर्णय गरेको थियो । कम्पनीको नियमअनुसार सभामा सञ्चालक समितिका तर्फबाट ५१ प्रतिशत गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ ।
कम्पनीमा सबैभन्दा ठूलो लगानीकर्ता बुटवल पावर कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालक समितिका सदस्य नै उपस्थित नहुँदा ५१ प्रतिशत नपुगेको हो । बुटवल पावर कम्पनीको एनएचइमा ५१ प्रतिशत लगानी रहेको छ । यस्तै नर्वेजियन कम्पनी आइकेएनआइको ४७ प्रतिशत, हिमाल हाइड्रो पावर र बुटवल टेक्निकल इन्टिच्युटको एक–एक प्रतिशत सेयर लगानी रहेको कम्पनी सचिव होमबहादुर रावत क्षत्रीले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: