×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंक उकालो लाग्न सकेन, खुद नाफा १२.३९ प्रतिशतले घट्दा अन्य सूचकको कस्तो छ अवस्था ?

PRIME CA

नेपाल इन्फ्रास्ट्रक्चर बैंक उकालो लाग्न सकेन, खुद नाफा १२.३९ प्रतिशतले घट्दा अन्य सूचकको कस्तो छ अवस्था ?

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १२.३९% ले कम हो । गत वर्षको यहि अवधिमा बैंकले २० करोड ५६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । बैंकको खुद ब्याज आम्दानी ९.२४% ले घटेर २८ करोड ३५ लाख ८५ हजार रुपैयाँमा आएको छ । यता, सञ्चालन नाफा पनि ११.८९% ले घटेर २५ करोड ७६ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आएपछि खुद नाफा पनि घटेको देखिन्छ । 
यो असोज मसान्तसम्ममा बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा भने ८२.४४% वृद्धि भएको छ । गत वर्ष ९९ करोड ४६ लाख ७१ हजार रुपैयाँ रहेको रिजर्भ कोष बढेर १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: