×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने, दिउँसो २ बजे बोलकबोल हुँदै

PRIME CA

नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने, दिउँसो २ बजे बोलकबोल हुँदै

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि रू.१० करोड र १८२ दिनका लागि १२ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले बोलकबोलमार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । आज दिउँसो २ बजे बोलकोबल गरेर मंगलबार ट्रेजरी बिल विक्री गरिने छ ।
गैरप्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकले जनाएको छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: