×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ४.४७ अंकले घट्यो बजार, २ अर्व ८४ करोडमाथिको कारोबार हुँदा नेप्से १६३६.१७ बिन्दुमा

LAXMI SUNRISE BANK

बिहिबार ४.४७ अंकले घट्यो बजार, २ अर्व ८४ करोडमाथिको कारोबार हुँदा नेप्से १६३६.१७ बिन्दुमा

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा ४.४७ अंकले घटेर १६३६.१७ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल २ सय कम्पनीको ९१ लाख २३ हजार ८९६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ८४ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार प्राइम बैंकको भएको छ । यस कम्पनीको कुल ९ करोड ५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अरुण काबेली हाइड्रोपावर र नेपाल टेलिकमको कारोबार भएको छ ।
यता बिहिबारको कारोबारमा होटल्स, विकास बैंक, हाइड्रोपावर र जिवन बिमा उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै सानिमा जनरल इन्स्योरेन्स र रैरंग हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै बिसाल बजार र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी