×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार बढ्यो बजार, १२.४९ अंकले बढेको नेप्से १६४८.५८ बिन्दुमा, साढे ३ अर्वमाथिको कारोबार

PRIME CA
GLOBAL IME BANK

आइतबार बढ्यो बजार, १२.४९ अंकले बढेको नेप्से १६४८.५८ बिन्दुमा, साढे ३ अर्वमाथिको कारोबार

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा १२.४९ अंकले बढेर १६४८.५८ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९८ कम्पनीको १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ५२ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २५ करोड ९२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : हिमालयन डिस्टिलरी र शिखर इन्स्योरेन्सको कारोबार भएको छ ।
यता आइतबारको कारोबारमा बैंकिङ्ग र विकास बैंक उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी र साल्ट ट्रेडिङ्गका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स र सिभिल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: