×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ४.२२ अंकले बढ्यो सेयर बजार, ३ अर्व ६९ करोडमाथिको कारोबार

PRIME CA

सोमबार ४.२२ अंकले बढ्यो सेयर बजार, ३ अर्व ६९ करोडमाथिको कारोबार

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा ४.२२ अंकले बढेर १६५२.८० बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९५ कम्पनीको १ करोड ३५ हजार ३१३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ६९ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ५५ करोड १ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल टेलिकम र हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।
यता सोमबारको कारोबारमा बैंकिङ्ग, होटल्स, विकास बैंक, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र  मिथिला लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै घलाम्दी हाइड्रोपावर र पाँचथर पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: