×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ‘अल टाइम हाई’ नजिक : बुधबार ६४.७० अंकले बजार बढ्दा एनएमबी लघुवित्तका लगानीकर्ता मालामाल !

PRIME CA
GLOBAL IME BANK

नेप्से ‘अल टाइम हाई’ नजिक : बुधबार ६४.७० अंकले बजार बढ्दा एनएमबी लघुवित्तका लगानीकर्ता मालामाल !

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा बजार ६४.७० अंकले बढेर घटेर १८७४. ८१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल १९६ कम्पनीको १ करोड ४७ लाख ८९ हजार ३०३ सेयर खरिद बिक्री हुँदा ५ अर्ब १३ करोड १८ लाखमाथिको कारोबार भएको छ ।  यसअघि २०७३ साउन १२ गते नेप्सेले १८८१ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । सोहि विन्दुमा पुग्न नेप्से ७ अंक बाँकी रहेको छ ।      
नेप्से परिसूचक १८७४. ८१ विन्दुमा पुग्दा लगानीकर्ताहरु भने निकै खुशी भएका छन् । आज सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्सको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको कुल ४२ करोड २९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बीमा कम्पनी र नबिल बैंकको भएको छ । आज कारोबार भएका समूहमध्ये १ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै एनएमबी लघुवित्त र बिशाल बजारका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी इक्य़ुटि फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: