×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार बढ्यो सेयर बजार, १०.८२ अंकले बढेको नेप्से १७१८.४९ बिन्दुमा, ४ अर्व ८२ करोडमाथिको कारोबार !

LAXMI SUNRISE BANK
GLOBAL

बिहिबार बढ्यो सेयर बजार, १०.८२ अंकले बढेको नेप्से १७१८.४९ बिन्दुमा, ४ अर्व ८२ करोडमाथिको कारोबार !

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा १०.८२ अंकले बढेर १७१८.४९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९८ कम्पनीको १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ८२ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २८ करोड ५५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश :  नेपाल टेलिकम कम्पनी र प्रभु बैंकको कारोबार भएको छ ।
यता, बिहिबारको कारोबारमा बैंकिङ्ग, व्यापार, निर्जीवन बिमा र मुचुअल उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै बिसाल बजार कम्प्लेस र साल्ट ट्रेडिङ्ग कर्पोरेसनका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गणपति माइक्रोफाइनान्स र पन्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी