Skip to content
LAXMI SUNRISE BANK

आइतबार प्रि ओपनिङ्ग सेसनमा १ प्रतिशतले बढ्यो नेप्से, ४५ कम्पनीको सेयर कारोबार हुँदा ३० कम्पनीको मूल्य बढ्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १८.८७ अंक बढेर १९१२.११ विन्दुमा पुगेको छ । यस्तै सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.३५ अंक बढेको छ । 
आज प्रि ओपनिङ्ग सेसनमा कुल ४५ कम्पनीको १ करोड ९ लाख ९३ हजार ९०९ रुपैयाँ बराबरको १९ हजार ३५२ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ३० कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK