×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ७६ करोड बढीको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ७६ करोड बढीको कारोबार

Artha Sarokar

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आइतबारको तुलनामा बजार २.३८ अंकले घटेर १७८०.४३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल १९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता सेयर खरिद बिक्री हुँदा  ४ अर्ब ७६ करोड २७ लाखमाथिको कारोबार भएको छ । 
जसमा सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको कुल ३० करोड २२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बीमा कम्पनी र हिमालयन डिस्टिलरी कम्पनीको भएको छ । आज कारोबार भएका समूहमध्ये ४ वटा समूहबाहेक अन्य घटेका छन् । यस्तै आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र हिमालयन डिस्टिलरीका लगानीकर्ताले कमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी