×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से परिसूचक १८ सय माथि, मंगलबार दोहोरो अंकले बजार बढ्दा लगानीकर्ता खुशीले गदगद !

PRIME CA
GLOBAL IME BANK

नेप्से परिसूचक १८ सय माथि, मंगलबार दोहोरो अंकले बजार बढ्दा लगानीकर्ता खुशीले गदगद !

९ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा बजार २९.६८ अंकले घटेर १८१०.११ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल १९६ कम्पनीको १ करोड १७  लाख ४८ हजार ५ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४४ करोड २९ लाखमाथिको कारोबार भएको छ । नेप्से परिसूचक १८ सय माथि पुगेसंगै लगानीकर्ताहरु भने सेयर बजारले गति लिएको भन्दै खुशी भएका छन् । 
जसमा सबैभन्दा बढी कारोबार एनआईसी एसिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको कुल ३७ करोड ३३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल दुरसंचार कम्पनी र नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आज कारोबार भएका समूहमध्ये १ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै बोटलर्स नेपाल (तराई) र हिमालयन डिस्टिलरीका लगानीकर्ताले कमाएका छन् । साथै सोल्टी होटलका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: