- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भोलि बुधबारदेखि सञ्चालनमा आउने भएको छ । तिहारका लागि बन्द भएको सेयर बजार भोलिदेखि खुल्ने भएको हो । सरकारले आइतबारदेखि आज मंगलबारसम्म सार्वजनिक बिदा दिएका कारण धितोपत्र दोस्रो बजार पनि बन्द रहेको थियो ।
भोलिबाट नेप्सेसहित सबै सरकारी कार्यालय, सार्वजनिक निकायलगायतका संघसंस्था खुल्ने भएका हुन् । अन्तिम कारोबार अर्थात गत बिहीबार नेप्से परिसूचक १०.८६ अंकले बढेर १७१८.४९ बिन्दुमा कायम भएको थियो । उक्त दिन झन्डै ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो ।