
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक र कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहिबारको तुलनामा आज बजार ७५.०२ अंकले बढेर १९६८.२७विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २०० कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २२ करोड ७३ लाखमाथिको कारोबार भएको छ । नेप्से परिसूचक र कारोबार रकमले नयाँ रेकर्ड राखेसंगै लगानीकर्ताहरु उत्साहित बनेका छन् ।
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ५१ करोड ७९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : कुमारी बैंक र नबिल बैंकको भएको छ । कारोबारमा आएका समूहमध्ये ४ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सेन्चुरी बैंकका लगानीकर्ताहरुले कमाएका छन् । साथै विशाल बजारका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्