×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको ‘PHOTO–पात्रो २०७८’ प्रतियोगिता : उत्कृष्ट १२ फोटोलाई १० हजार नगद रकम पुरस्कार

LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको ‘PHOTO–पात्रो २०७८’ प्रतियोगिता : उत्कृष्ट १२ फोटोलाई १० हजार नगद रकम पुरस्कार

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको लागि फोटो पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा विजेताले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।
यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको बैंकले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरुले मौसम, आशा र पोजेटिभिटी, जिवनशैली र दोस्ती विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नेछन् भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी यस लिंकमा अपलोड गर्नुपर्नेछ ।
प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो १० हजार नगद रकम पुरस्कार प्रदान गर्नेछ । बैंकको अनुसार प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००८८३६०० पिक्सल, साइज (इन्च) १८८१२, रिजोलुसन ३०० डिपिआइ र ल्याण्डस्केप हुनुपर्नेछ ।
यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गर्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी