×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको वित्तीय विवरण प्रकाशित, ३ महिनामा कमायो १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ खुद नाफा

PRIME CA

एनआइसी एसिया बैंकको वित्तीय विवरण प्रकाशित, ३ महिनामा कमायो १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ खुद नाफा

२८ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा १.१२% ले धेरै हो । अघिल्लो वर्ष यसैअवधिमा बैंकले १ अर्ब ९६ लाख ५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 
यस्तै बैंकका अन्य सुचकहरुमा पनि बढेका छन् । यो अवधिसम्म आउँदा बैंकको खुद ब्याज आम्दानी ७.६८% ले बढेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९८ करोड १५ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंकको वितरण योग्य नाफा भने ८९.५९% ले घटेर ४ करोड ६६ लाख ६५ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ७१ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: