×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले बिक्रीमा ल्याएको ३ कम्पनीको ५ लाख ३६ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकले बिक्रीमा ल्याएको ३ कम्पनीको ५ लाख ३६ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

Artha Sarokar

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । बैंकले ३ वटा कम्पनीको ५ लाख ३६ हजार ५५४ कित्ता संस्थापक सेयर मंसिर ७ गतेबाट लिलामीमा ल्याएको थियो ।
जसमा नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९३ हजार १९४ र एसियन लाइफ इन्स्योरेन्सको १ लाख ४० हजार ८०० कित्ता रहेको छ । तीनै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी