
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास ६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । इन्स्योरेन्सको यो नाफा अघिल्लो वर्षको भन्दा १६.६२% धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
इन्स्योरेन्सको खुद बिमा शुल्क पनि १.७५% ले बढेर २१ करोड १७ लाख रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै जगेडा कोषमा ३८ करोड ४४ लाख रुपैयाँ जम्मा छ । यस अवधिसम्म इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
बिमा कोषको आकार पनि ८१ करोड ८५ लाख रुपैयाँबाट बढेर ९२ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । एनएलजीले यसअवधिमा १० करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम भने २४ करोड २६ लाख रुपैयाँ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्