×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकमा भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने, ५०० सम्म क्यासब्याकको सुविधा पनि !

PRIME CA
GLOBAL IME BANK

एनएमबि बैंकमा भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने, ५०० सम्म क्यासब्याकको सुविधा पनि !

४ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । ग्राहकहरुले २४  घण्टा र ७ अ‍ै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ । बचत खाता एनएमबिको सोशल अनबोर्डिङ्ग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन रु. ५,००० सम्म हुने व्यवस्था गरिएको छ ।
ग्राहकवर्गले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेषा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराईएको छ ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न २४ अ‍ै घण्टा बचत खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । हालको परिप्रेक्ष्यमा यो सेवामार्फत सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु¥याउने एक महत्वपूर्ण योजना हो ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: