
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । नेपाल राष्ट्र बैंकले एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैक र फाईनान्स कम्पनीहरुमा ३६५ दिने मुद्धती निक्षेपको रुपमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्ने भएको हो ।
रकम लगानीका लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १४ गते अपरान्ह तीन बजेसम्ममा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी राष्ट्र बैंकमा प्रस्ताव पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०७७ पुस एक गते देखि २०७८ मंसिर २९ गतेसम्म रहेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा एक अर्ब पाँच करोड ६० लाख, विकास बैकमा १९ करोड ८० लाख र फाईनान्स कम्पनीमा छ करोड ६० लाख रुपैयाँमा राख्न लागेको हो । राष्ट्र बैकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा रहेको पाँच बर्ष पुरा भएको, निष्क्रिय कर्जा पाँच प्रतिसत भन्दा कम भएको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्