×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने, आजै दिउँसो २ बजे बोलकबोल !

LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने, आजै दिउँसो २ बजे बोलकबोल !

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • र्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने सो ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । 
राष्ट्र बैंकले फागुन ११ गते परिपक्व हुने गरी ९१ दिनको लागि २ अर्ब २३ करोडको ट्रेजरी जारी गर्न लागेको हो । यस्तै १८२ दिनको लागि १२ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७८ जेठ ११ गते परिपक्व हुनेछ । साथै २०७८ मंसिर ७ गते परिपक्व हुने गरी १ वर्षको लागि ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल राष्ट्र बैंकले जारी गर्न लागेको हो । 
राष्ट्र बैंकले जारी गर्ने सो ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी