Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकको सम्पत्ति एकै महिना ४१ अर्बले बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पत्ति १ महिना ४१ अर्ब बढेको छ । बैंकले सार्वजनिक गरेको मासिक वित्तिय विवरण अनुसार एक महिनामै ४१ अर्ब सम्पत्ति बढेको देखिएको हो । गत महिना बैंकको १४ खर्ब ८४ अर्ब ५५ करोड २३ लाख ४२ हजार ९४९ रुपैयाँ सम्पति रहेकोमा यस महिना १५ खर्ब २५ अर्ब १८ करोड ४७ लाख ८६ हजार ३९६ रुपैयाँ पुगेको छ । 
सबैभन्दा बढि नगद तथा नगद समानमा सम्पत्ति बढेको देखिन्छ । नगद तथा नगद समानमा गत महिना ६ खर्ब ६० अर्ब ३८ करोड ५९ लाख ३ हजार ९८८ रहेकोमा यस महिना ७ खर्ब ४ अर्ब ५५ करोड ९१ लाख ८४ हजार ६८५ पुगेको छ । यस्तै सुनचाँदी, बैंक तथा वित्तिय संस्थालाई दिएको ऋण तथा सापटी, स्थिर सम्पति तथा उपकरणमा बढेको कारण पनि राष्ट्र बैंकको सम्पत्ति बढेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK