×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अपरिस्कृत’का नाममा भ्रमपूर्ण विवरण छापेर पनि फसाईन्छ है ! पुनर्बीमा कम्पनीको ३०.८ करोड नाफा एकाएक गायब !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो समय भ्रमपूर्ण वित्तीय विवरण छापेर जनता झुक्याउने र यसमा ठुलो चलखेल गरेर सेयर बजारमा सोझा लगानीकर्ता फसाउने खेल भइरहेको तथ्य अव नौलो रहेन । सकेसम्म तथ्य लुकाउने र मिडियाले थाहा पाइहाल्यो भने त्यसलाई ‘अपरिस्कृत हो, अन्तिममा सच्चिन्छ’ भन्ने र केहि सीप नलागे सच्याउने गरेका थुप्रै उदाहरण यसअघि पनि देखिएको हो । केहि दिनअघि वित्तीय विवरण सार्वजनिक गरेको एनएमबि बैंकले पनि यस्तै लगानीकर्ता फस्ने खालको विवरण प्रकाशित गरेको थियो । सुरुमा सेयर किन्ने, जसरी हुन्छ जनताको आँखामा छारो हालेर बढी नाफा बढाएको देखाउने, र अन्तिममा आफुले सेयर बेच्ने अनि ‘पूरानो हिसाब बिग्रिएछ, फाइनल अडिटमा थाहा भयो’ भनेर सोझा लगानीकर्ताहरुलाई फसाउने काम भइरहेको छ । 
पछिल्लो तथ्यांकमात्र हेर्ने हो भने गएका २ त्रैमासमा मात्र झन्डै दर्जन बढी कम्पनीले यस्तो भ्रमपूर्ण वित्तीय विवरण सार्वजानिक गरेका छन् । कतिपय कम्पनीको विवरणका विषयमा अर्थ सरोकारले प्रश्न उठाएपछि ती कम्पनीले विवरण सच्याएका छन् भने कतिपयले विवाद सहेरै भएपनि सूचना नसच्याएर सेयर बजारमा तीब्र चलखेल गरेका छन् । यस्तो बदमासी गर्ने कम्पनीलाई नियामकले कारवाही नगर्दा समस्या झन् बिकराल बन्दै गएको छ भने सोझा लगानीकर्ताहरु नमज्जासँग फसिरहेका छन् । 
पुनर्बीमा कम्पनीमा यसरी फसे लगानीकर्ता, ३१ करोड नाफा रातारात गायब !
पूनर्बीमा कम्पनीमा पनि लगानीकर्ताहरु यसरी नै फसे । आर्थिक बर्ष २०७५-७६ को चौथो त्रैमासको नाफा हेरेर कम्पनीमा लगानी गरेकाहरु त्यो बेला जिल्ल परे, जुन बेला आर्थिक बर्ष २०७६-७७ को चौथो त्रैमासमा अघिल्लो आर्थिक बर्ष अर्थात आर्थिक बर्षको सोहि अवधिको नाफा नै अर्कै अर्थात कम देखाइयो । यो बीचमा करोडौंको ‘ग्याप’ देखियो । आर्थिक बर्ष २०७६-७७ मा कम्पनीको खुद नाफा जीवन बीमा र निर्जीवन बीमा गरी ११७.८ करोड रुपैयाँ देखाइएको छ भने सोहि अवधिको नाफा २०७६/७७ को वित्तीय विवरणमा जीवन बीमा र निर्जीवन बीमा गरी ८७.२ करोड मात्रै देखाइएको छ । २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार निर्जीवन बीमातर्फ खुद नाफा ९८.७ करोड र जीवन बीमातर्फ १९.१ करोड नाफा देखाइएको छ । यो रकम जोडेर जम्मा नाफा नाफा ११७.८ करोड देखाइएको थियो । तर २०७६/७७ मा प्रकाशित चौथो त्रैमासिक विवरणमा भने ७५/७६को खुद नाफा निर्जीवन बीमातर्फ ७१.५ करोड र जीवनबीमा तर्फ १५.७ करोड गरेर जम्मा ८७.२ करोड मात्रै देखाएको छ ।
अर्थात दुई रिपोर्टलाई नै हेर्ने हो भने यो बीचमा कम्पनीको ३०.८ करोड रुपैयाँ नाफा एकाएक गायब भएको छ । अपरिस्कृत विवरण भएकाले केहि रकम घटबढ हुनुलाई खास अस्वभाविक पनि लिइदैन । तर कुल नाफाको झन्डै ३० प्रतिशत हाराहारी नै नाफा गायब हुनुलाई पनि जानकारहरु पनि चलखेल भएकै रुपमा लिन्छन् ।
यसरी समेत फस्छन् लगानीकर्ता !
साउन मसान्तसम्ममा प्रकाशित गर्नुपर्ने वित्तीय विवरण झन्डै ३ महिना ढिलो गरेर शुक्रबार प्रकाशित गरिएको छ । सेयर बजारमा सूचना निकै संवेदनशील विषय हो । बेलामा सूचना नपाउँदा लगानीकर्ता फस्ने सम्भावना ठुलो हुन्छ । कम्पनीले लगानीकर्तालाई यहीं नेर फस्न बाध्य बनाएको देखिन्छ । अघिल्लो आर्थिक बर्षको विवरण भर्खर सार्वजनिक गरेको कम्पनीले अर्को आर्थिक बर्षको पहिलो त्रैमाससम्म सार्वजनिक गर्नुपर्ने वित्तीय विवरण अझै प्रकाशन गरेको छैन । चलखेल गर्दा आर्जन हुने रकमभन्दा ढिलो विवरण छाप्दा तिर्नुपर्ने पेनाल्टी कम भएपछी यसरी कमपनीभित्र चलखेलको भएको बुझेका लगानीकर्ताहरुको विश्लेषण छ । अझ कतिपयको त आरोप यो हदसम्म छ कि कम्पनी अहिले बोनस दिने अवस्थामा नभएपनि बेलाबेलामा बोनस बाँड्छ भनेर बोल्न लगाएर कम्पनीको मूल्यलाई प्रभावमा पार्नेगरी चलखेल भइरहेको छ । कम्पनीले भनेको समयमा विवरण सार्वजनिक नगर्नु र सार्वजनिक गरेको विवरणमा पनि अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनाको रकममै फरक पर्नुले पनि कम्पनीभित्रको चलखेललाई संकेत गरेको जानकारहरुको ठम्याई छ । यस विषयमा कम्पनी बोल्नै मान्दैन । यस विषयमा हामीले पटक पटक कम्पनीका सम्बन्धित व्यक्तिलाई बुझ्न खोज्दा पनि उनी सम्पर्कमा नै आएनन् ।
https://arthasarokar.com/2020/11/NMB-Badmasi.html
https://arthasarokar.com/2020/11/NMB-Disclosure.html
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: