×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको ‘तिहार अफर’ योजना सार्वजनिक, सेवाग्राहीले के-के सुविधा पाउँछन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिटिजन्स बैंकको ‘तिहार अफर’ योजना सार्वजनिक, सेवाग्राहीले के-के सुविधा पाउँछन् ?

Artha Sarokar

३० कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यास ब्याकको बहार’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत तिहारमा पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । 
बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गते सम्म तिन पटक गरी २ हजार रुपैयाँ भन्दा बढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी पैसा पठाउँदा विवरणमा भने ‘सिटिजन्स तिहार’ भनी खुलाउनपर्ने छ । 
तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी