×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संखुवासभाको किमाथांका पुगे प्रधानमन्त्री ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संखुवासभाको किमाथांका पुगे प्रधानमन्त्री ओली

Artha Sarokar

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको सीमा किमाथांका पुगेका छन् ।  प्रधानमन्त्री ओली आज बिहान १० बजे गृहमन्त्री रामबहादुर थापासहित सुरक्षा निकायका प्रमुख र केही उच्च सरकारी अधिकारीसहित संखुवासभा तर्फा लागेका हुन् । 
प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को निरीक्षण  गर्ने कार्यक्रम रहेको छ । यसैगरी प्रधानमन्त्री ओलीले भोटखोला ३ मा पर्ने च्याम्ताङमा  निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्ने र स्थानीय बासिन्दा तथा  जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली आजै काठमाडौं फिर्ता आउने कार्यक्रम रहेको छ । भ्रमण दलमा संखुवासभाबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम र राष्ट्रिय सभा सदस्य परशुराम मेघी गुरुङ पनि रहेका छन् । किमाथांकामा बहालवाला प्रधानमन्त्री पहिलो पटक गएको र यो क्षेत्रको विकासका लागि प्रधानमन्त्री ओलीको भ्रमण महत्त्वपूर्ण रहेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी