×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा किसानलाई राहत : गाउँपालिकाले निःशुल्क धान काटिदिने

PRIME CA

सप्तरीमा किसानलाई राहत : गाउँपालिकाले निःशुल्क धान काटिदिने

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले किसानको धान निःशुल्क काट्न शुरु गरेको छ । मजदुर लगाएर काट्नुपर्ने झन्झटबाट किसानलाई मुक्ति दिनका लागि गाउँपालिकाले आफ्नो ट्याक्टरको प्रयोग गरेर धान काट्न शुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले गाउँपालिकाले खरिद गरेको चार वटा ट्याक्टरको प्रयोग गरी मंगलबारदेखि किसानको धान काटिदिन थालेको बताए । ८ वटा वडा रहेको गाउँपालिकामा एउटा ट्याक्टरले दुई वटा वडाको धान काट्नेछ । गाउँपालिकामा १ हजार ५ सय बिघा जग्गामा धानखेती लगाइएको सिंहले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: