- अर्थ सरोकार सम्बाददाता
झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित सीमा क्षेत्रबाट अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको आतिसबाजी (पटका) बरामद गरिएको छ । मंगलबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।
भारतीय बजारबाट पटका खरिद गरि सीमा क्षेत्रमा लुकाई छिपाई राखिएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले सो मरिमाणको पटकाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले बताए ।