×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

असुरक्षित रहेछ बीमा समिति, नत्र ‘सुरक्षित’ राखिनुपर्ने गोप्य रिपोर्टहरु मिडियामा कसरी लिक भए ? (पाठकपत्र)

  • पाठकपत्र
काठमाडौँ । केहि समय अघि सगरमाथा इन्स्योरेन्स कम्पनीको स्थलगत प्रतिवेदन मिडियामा सार्वजनिक रुपमा आयो । त्यसको केहि समयपछि पुन: अर्को मिडियामा शिखर इन्स्योरेन्सको बीमा कम्पनीको स्थलगत रिपोर्ट आयो । स्थलगत रिपोर्टमा कम्पनीभित्र हुने गरेका उच्च र मध्यम जोखिमका कैफियत हुने नै भए । पत्रकारका लागि यो ठुलो ‘मसला’ पनि हुने नै भयो । जनताको सेयर, र सरोकार भएको कम्पनीमा बीमा समितिले नै उच्च जोखिम लेखेका कैफियत भएपछी यस विषयमा मिडियाको स्वाभाविक चासो हुने भयो । सेयर होल्डरहरुको पनि चासो हुने नै भयो । केहि दिनपछी नेपालको अर्को चर्चित पत्रिकामा सन नेपालको रिपोर्ट छापिदैछ र उक्त कम्पनीको स्थलगत रिपोर्ट पनि लिक भएको छ भन्ने चर्चा छ । सरसर्ती हेर्दा कम्पनीका स्थलगत रिपोर्टहरु बाहिर लिक भएका छन् भन्ने बुझ्न गाह्रो छैन ।
यसका दुई पाटा हुन सक्छन् ।
राम्रो पक्ष भनेको अव बीमा समितिसँग ‘सेटिङ मिलाएर केहि हुँदैन’ सबै कुरा बाहिर एक न एक दिन आउँछ भन्ने कुराले कम्पनीहरु सतर्क बन्ने देखिन्छ । मिडियाले राम्रै पुलको काम गरेको देखिन्छ । तर अर्कोतर्फ बीमा समितिले कारवाही गरेर सल्टाउनुपर्ने वा सुधार्नुपर्ने कुरा बाहिर आउँदा कम्पनीप्रतिको विश्वासमा समस्या आउने देखिन्छ । यसतर्फ पनि बीमा समिति र कम्पनीहरु सचेत हुन जरुरी छ ।
तर गम्भीर विषयचाहिं बीमा समितिको सुरक्षामा गम्भीर प्रश्न उठेको छ नै । प्रतिष्पर्धी बेलामा कतिपय मिडियाहरुले त यस्ता डकुमेन्ट स्रोतसँग मागेर होइन किनेरसमेत प्रयोग गरेका छन् । तर के आफुसँग सुरक्षित हुनुपर्ने डकुमेन्ट बाहिर जानु समितिको लापरवाही होइन ? स्रोतले दिएको निकै महत्वपूर्ण डकुमेन्ट हो भन्ने कुरालाई एकपटक बिर्सेर पत्रकारले सोच्ने हो भने पनि विषय गम्भीर छ ।
दुई निर्जीवन बीमा कम्पनीको स्थलगत रिपोर्ट बाहिरिएपछी केहि बीमाकर्मीहरुले आपसमा छलफलसमेत गरेका छन् । केहिले त बीमक संघको तर्फबाट विज्ञप्ति निकालेर यस्तो सबैको हुन्छ भन्नेखालको संदेश दिउँ भन्नेसमेत सुझाव दिएका छन् । तर यसले फेरी पनि सबै कम्पनीहरु प्रति विश्वास घट्ने देखिन्छ । किनकि कोरोना बीमाले निर्जीवन बीमा कम्पनीहरुप्रतिको विश्वास जवरजस्त रुपमा घटाईसकेको छ ।
अर्को तर्फ अर्को बहस पनि सुरु भएको छ । बीमा समितिले गरेको स्थलगत सुपरिवेक्षण किन गोप्य राख्ने ? जनताको लगानी भएको कम्पनीमा भएका सबै कुराहरु बाहिर आउनुपर्छ नि होइन र ? भन्ने बहस पनि सुरु भएको छ । कम्पनीहरुले ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने शैलीमा लाग्नु भन्दा आफु सुध्रदा राम्रो होला कि ?
-एक बीमाकर्मी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: