×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : ठेकेदार भागेपछि अलपत्र अवस्थामा गलेश्वरको निमार्णाधीन पुल, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले ठेकेदार भागेपछि अलपत्र अवस्थामा गलेश्वरको निमार्णाधीन  पुलदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार :

ठेकेदार भागेपछि अलपत्र परेको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमानास्थित राहुघाट नदीमाथि निर्माणाधीन मोटरेबल पुल ।
तनहुँको भानु नगरपालिका–२ फुस्रेटारस्थित सार्वजनिक धारामा पानी भर्नका लागि कुर्दै महिला । बेलुकाको समयमा मात्रै पानी आउने भएकाले धारा अगाडि गाग्री राखेर पालो कुर्नुपर्ने बाध्यता छ ।
नुवाकोटको ककनी गाँउपालिका–२ बन्चरेडाँडामा निर्माण भइरहेको काठमाडौँ उपत्यकाको फोहोर व्यपस्थापन केन्द्र । निर्माण कम्पनी सप्तकोशी जलाधारका अनुसार पहिलो चरणको निर्माण काम ८५ प्रतिशत सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनिता चौधरी मङ्गलबार च्याउखेतीको अनुगमन गर्दै । च्याउखेती प्रदेश सरकारको अनुदानमा सञ्चालित गरिएको हो
तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा धान र पराल छुट्याउन गोरुको सहायताले दाइँ हालिदै । गाउँघरमा यसरी नै दाइँ गर्ने परम्परा छ ।
धादिङस्थित त्रिशुलीको छालमा नदी पथप्रदर्शक कायकिङ्को मजा लिँदै । छालमा रमाउन पाउने हुँदा पर्यटक यहाँको जलयात्रामा आकर्षित हुन्छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: