×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पिपल्ला बजारमा जुत्ता सिलाएर जीविकोपार्जन गर्दै एक व्यक्ति, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथा : पिपल्ला बजारमा जुत्ता सिलाएर जीविकोपार्जन गर्दै एक व्यक्ति, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

Artha Sarokar

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले घरायसी सामाग्री बिक्री गर्दै हिँडेका व्यापारीदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
डोटीको पिपल्ला बजारमा जुत्ता सिलाएर पैसा कमाउँदै । सिराहाबाट डोटी आएर उहाँले जुत्ता सिलाएर राम्रो आम्दानी गर्ने गर्नुभएको छ । 
कोरोना संक्रमण र त्रासको कारण गाइघाटको मूख्य चोकको टेम्पो चौकमासमेत यात्रुहरुको चहलपहल शून्य भएपछि टेम्पोहरु यात्रु बिहीन अबस्थामा पार्किङका दृश्य । 
कोबिड १९ कोरोना ंक्रमण र त्रासको प्रभावको कारण उदयपुर जिल्लाको सदरमुकाम गाइघाटको त्रियुगा बसपार्कमा अन्यत्र जाने र आउने यात्रुहरुको चहलपहल शून्य ।
घरको छाना बनाउनका लागि प्रयोग हुने खर बोकेर गन्तव्यतिर जाँदै गरेको लालझाडी गाँउपालिकाका महिला ।
इटहरी–३ स्थित तालतलैयामा आउँदो पर्व तिहारलाई आवश्यक फूल तयारी गर्दै स्थानीय महिला । लकडाउनताका गरेको मेहनतले फाइदा गरेको २१ सदस्य सिर्जनशील महिला कृषि उद्यम समूहिकका अध्यक्ष पवित्रा कोइरालाले बताइन् । दश कट्ठा क्षेत्रमा लगाइएको फूललाई कोरोनाले भारतीय आयातकम भएकाले बजार पाउन सजिलो भएको समूहको भनाइ छ ।
आयुर्वेद चिकित्सालय, नरदेवीमा औषधीय गुणयुक्त जडिबुटी मिश्रण गरिएको जेष्ठवासादी चूर्ण बनाइँदै । मानिसको शरीरमा प्रतिरोधी क्षमता बढाउने सो चूर्ण अस्पतालले आफैँ पिसेर बनाउँदै आएको छ ।
डोटीको पिपल्ला बजारमा जुत्ता सिलाएर पैसा कमाउँदै । सिराहाबाट डोटी आएर उहाँले जुत्ता सिलाएर राम्रो आम्दानी गर्ने गर्नुभएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी