×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : ग्रामीण क्षेत्रमा डोका र नाङला बिक्रीका लागि लैजाँदै, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : ग्रामीण क्षेत्रमा डोका र नाङला बिक्रीका लागि लैजाँदै, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

Artha Sarokar

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले ग्रामीण क्षेत्रमा डोका र नाङला बिक्रीका लागि लैजाँदैदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
कञ्चनपुरका ग्रामीण क्षेत्रमा साइकलमा डोका नाङला बेच्नका लागि जाँदै गरेका युवाहरु । परम्परागत सीपको प्रयोग गरी बुनेका डोका नाङलाको माग ग्रामीण क्षेत्रमा बढ्दोरुपमा रहेको छ । 
खेतबाट ल्याएको काउली बजारमा बेच्न लैजान अघि सफा गर्दै कञ्चनपुरको जोनापुरका किसान महिला । तरकारी खेती गरेर यहाँका महिलाहरुले मनग्य आम्दानी गर्दै आएका छन ।
धनगढीको बसपार्कस्थित नाई पसलेबाट कपाल कटाउँदै स्थानिय युवाहरु । धनगढीमा कोरोनाको सङ्क्रमण कायमै रहेपनि नाई पसलमा कसैले कोरोनाको जोखिमबाट बच्न सावधानिका उपाय अपनाएको पाइएन । 
धनगढीको दिप टोल नजिकै एक स्थानिय कृषकले व्यावसायिकरुपमा गरेको तरकारी खेतीमा लगाएको काउली, बन्दा तथा खुर्सानी । लामो समयदेखि जग्गा भाडा लिइ तरकारी खेतीको व्यावसाय गर्दै आएका ती किसानले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएको बताएका छन् ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ५ वस्तुमा काटेर तयार पारिएका ट्रकमा मिलाएर राख्दै श्रमिक । 
छुट प्याकेजले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित । नेपाल हवाई उडान संस्थाले पोखरामा प्याराग्लाईडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक यो समय उत्साहित भएका छ्न ।
पोखरा महानगरपालिका–. १७ विरौटाको बाराही नर्सरीमा ढकमक्क फुलेको मेरिगोल्ड जातको फूलमा भविष्य खोज्दै भण्डारी दम्पत्ती । फूलैफूलको पर्व तिहारलाई लक्ष्यित गरी उनीहरुले लामो समयदेखि व्यावसायिक फुल खेती गर्दै आएका छन् । 
जुम्लाको तिला गाउँपालिका– १ का युवा किसान टोपबहादुर रावत लौकाटपालनको शुरुआत गर्दै ।
पाल्पामा यतिबेला कृषकलाई धान थन्काउन भ्याइनभ्याई । पाल्पाको रामपुरमा पहिलोपटक धान काट्ने मेशिन ल्याएर थोरै समय र कम खर्चमा धान मेशिनबाट धान काट्न पाउदाँ कृषक खुशी छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी