×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’ राजधानीमा जारी ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’ राजधानीमा जारी ! (भिडियो रिपोर्ट)

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । चीनको युनान शहरको सांस्कृति र जीनवशैली झल्किने फोटोहरुको प्रदर्शनी राजधानीमा जारी रहेको छ । नेपाल—चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५वर्ष पुगेको अवशरमा आयोजित ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’ मा युनान शहरको संस्कृति झल्किने फोहोहरु प्रदर्शनीमा राखिएका हुन् । नेपाल चाइना मिडिया फोरमको आयोजनामा भएको साताव्यापी प्रदर्शनमा नेपाल चीन सम्बन्ध संस्कृति झल्किने ३२ वटा फोटो प्रदर्शनीमा राखिएका छन् । 
शुक्रबारबाट होटल एभरेष्टमा सुरु भएको प्रदर्शनीमा युनानको सांस्कृति र जीवनशैलीलाई प्रतिनिधित्व गर्ने तस्वीर प्रदर्शनीमा रहेका छन् । चीनको संस्कृति, विकास, जनजीवन, प्राकृतिक सौन्दर्य र पर्यटनसँग सम्बन्धित ३२ वटा फोटोहरु प्रदर्शनीमा राखिएको कार्यक्रमका कोर्डिनेटर पुजकराज प्रधानले बताउनुभयो ।
फोटो प्रदर्शनी मंसिर ११ गतेसम्म सञ्चालन हुनेछ । फोटो प्रदर्शनीको उदघाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट भएको थियो । युन्नान चीनकै सबैभन्दा धेरै आदिवासी जनजाति बस्ने ठाउँ हो । यो ठाउँ म्यान्मार, थाइल्यान्ड, लाओस र बाङ्लादेशसङ्ग जोडिएको छ । युन्नानमा दक्षिण एशियाली देशहरूका बीस हजार बिध्यार्थी अध्ययनरत छ्न् । यसको राजधानी खुन्मिङ्गको नेपालको पोखरा शहरसङ्ग भगिनी सम्बन्ध समेत रहेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: