×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१९ तस्विरमा हेर्नुहोस् एफएनसिसिआईको निर्वाचन, मतदान केन्द्रमा यस्तो देखियो मतदाताहरुको भिड ! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार

PRIME CA
laxmi sunrise bank

१९ तस्विरमा हेर्नुहोस् एफएनसिसिआईको निर्वाचन, मतदान केन्द्रमा यस्तो देखियो मतदाताहरुको भिड ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज भइरहेको छ । महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि उपत्यकाका तीन ठाउँमा मतदान भइराखेको छ । जिल्ला नगर तर्फका लागि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले बताउनुभयो । 
वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पद सहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कुल मतदाता एसोसिएट तर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ १ सय ५ जना र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै हुनुहुन्छ । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनल सहित चुनावी मैदानमा उत्रिनुभएको छ । बाँकी फोटोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: