×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आयो तिहार ! भक्तपुरमा माटाका भाँडा बनाउन भ्याइ-नभ्याई, १९ तस्विरमा हेर्नुहोस् माटोले बनेका अनेक थरीका भाँडा (फोटो-कथा)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
भक्तपुर । दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि माटाका अन्य भाँडाहरु बनाउन यतिवेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याई छ । तर यसवर्ष कोभिडको कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन् । 
.
दीपावलीको समय नजिकिदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पाला सहित माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । अन्य समयमा माटाका भाँडाहरु फाटफुट विक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै विक्री हुने गरेको छ । तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताउनुभएको छ । उहाँले गत वर्ष दैनिक तीन/चार हजारको संख्यामा विक्री हुने गरेकोमा अहिले आधा भन्दा कम मात्रै विक्री हुने गरेको बताउनुभयो ।
तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ । तर यसपटक कोभिडका कारण माग घटेको छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताउनुभयो । भुक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो । माटो नपाएकै कारण अवको आठ/दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ । बाँकी फोटोमा 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: