×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : कोरोना कहरमा पनि पाल्पास्थित नेपाल बैंकमा बढ्यो भिड, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कोरोना कहरमा पनि पाल्पास्थित नेपाल बैंकमा बढ्यो भिडदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
कोरोना कहरमा पनि सामाजिक दूरी विना पाल्पाको तानसेनको मखन टोलमा रहेको नेपाल बैंकमा देखिएको लाइन ।
कोरोनालाई मध्यनजर गर्दै पाल्पाको तानसेन नगरपालिकाको काजिपौवामा पाल्पाली पुष्प समूहले गरेको व्यावसायिक पुष्प खेतीमा महिला । 
तिहार पर्वका लागि बिक्रीमा राखिएका प्लास्टिक माला । यो वर्ष जिल्लामा खासै फूल उत्पादन नभएका कारण भारतीय माला बिक्रीका लागि राखिएको हो ।
बेदकोट नगरपालिका– ३, ४ र ५ मा निर्माण हुन लागेको भावर खानेपानी तथा सरसफाइ आयोजना । ठेक्का प्रक्रियामार्फत रु १२ करोड २० लाख ६१ हजार ८६८ को लागतमा निर्माण हुन लागेको हो । 
दाङको तुलसीपुर उपमहानगरपालिका– १० मा गरिएको व्यावसायिक बाख्रापालन । उक्त बाख्रापालनको तुलसीपुर उपमहानगरपालिका पशु शाखाका प्राविधिकहरुले अनुगमन गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोकमा कागती खरिद गर्दै ग्राहक । व्यापारीका अनुसार कोरोनाको समयमा कागती माग अत्याधिक हुने गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: