
- अर्थ सरोकार सम्बादाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ निवेदन दर्ता भएको छ । सर्वोच्चले दिएको फैसला नमानेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्री खड्ग प्रसाद ओलीविरुद्ध अदालतमा ‘अदालतको अवहेलना’ मुद्धा परेको हो । अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अदालतको अवेहलनाको निवेदन दर्ता गरेका हुन् । निवेदनमा सर्वोच्च अदालतको फैसला उल्लंघन गरेकाले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई एक वर्ष कैद र १० हजार रुपैंया जरिवाना हुनुपर्ने माग गरिएको छ ।
अदालतले गत असोज २७ गते कोभिड–१९ परीक्षणका क्रममा सरकारी स्वास्थ्य निकायमा कुनैपनि शुल्क नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । तर सरकारले त्यसको केहि दिनमै गरिब, असहाय लगायतका वर्ग बाहेकको हकमा परीक्षण र उपचारमा शुल्क लाग्ने निर्णय गरेपछि अदालतको अवहेलना मुद्धा दर्ता भएको हो । नेपालको संविधानमा आदेश र फैसलाको अवज्ञा भएमा वा न्याय सम्पादनमा अवरोध भएमा अदालतको अवहेलनाको आरोपमा कारबाही हुने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्